७ बैशाख २०८१, शुक्रबार
Follow Us

संस्थाको भाग्य निर्धारण गर्ने अमूल्य मत सही व्यक्तिमा सदुपयोग गरौः कट्टेल

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७६, बुधबार १९:३३

न्यूयोर्क । गैर आवासीय नेपाली संघ अमेरिका यति बेला चुनावी माहोलमा होमिएको छ । राज्य नै पिच्छे दिनहुँ विभिन्न चुनावी छलफल, अन्तरक्रिया, वहस हुने गरेको छ । सन् २०१९ देखि २०२१ सम्मका लागि हुने नयाँ नेतृत्व चयन आफ्नो पक्षमा पार्ने अभियानमा सबै उम्मेद्वार दौडधूप गरिहनु भएको छ ।
यसैबीच संस्थालाई जीवन्त राख्न नेतृत्व नयाँ कार्यसमितिको आवश्यकता पर्ने भन्दै अमृत कट्टेलले एनआरएनए अमेरिकाको सचिव पदमा उम्मेदवारी दिनु भएको छ । ‘प्रवासमा रहेका नेपालीले दिने एक÷एक मतले संस्थाको भाग्य निर्धारण गर्छ,’ कट्टेलले भने ‘आफ्नो अमूल्य मत सही व्यक्तिलाई दिएर मर्यादित संस्था निर्माण गर्ने अभियानमा सहभागि हौं ।’ संस्थाको भाग्य निर्धारण गर्ने अमूल्य मत सही व्यक्तिमा सदुपयोग गर्न उहाँले आग्रह गर्नु भयो ।
संस्था संचालनका लागि कुशल नेतृत्वको आवश्यक पर्ने भन्दै कट्टेलले आफू सो पदका लागि योग्य र उपयोगी व्यक्ति भएको बताए । अहिले पनि हामी सबैं प्रवासी नेपाली एनआरएनए अमेरिकामा सहकार्य गरिरहने छौं । र भोलिका दिनमा पनि यसले निरन्तरता पाउने छ ।
प्रजातान्त्रिक मुलुकको उच्च अभ्यास बुझेका हामीले एनआरएनए अमेरिकालाई हाम्रो र राम्रो संस्था बनाउन हातेमालो गरेर हिड्नु पर्छ,’ उहाँले भन्नु भयो ‘व्यक्तिगत कुण्ठा वा प्रतिशोधको भावना पालेर व्यक्तिगत आरोप प्रत्यारोपले हामीलाई सही गन्तव्यमा पु¥याउँदैन ।’ यसमा हामी सजग र चिन्तित हुनुपर्छ ।’
चुनावी परिणाम केवल संस्था संचालन गर्ने बडी निर्माणका लागि मात्र नभइ कतव्र्य बोध गराउने, दायित्व र जिम्मेवार वहन गर्न सिकाउने गुणात्मक अभ्यास पनि भएको उहाँले बताउनु भयो ।