१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जर्मनीमा ‘नेपाल डे’ (फोटोफिचर )

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७६, बुधबार २०:०२

कोलोन । जर्मनीको कोलोनमा ३० औ ‘नेपाल डे’ भब्यताका साथ मनाइएको छ । विगतदेखि हरेक वर्ष नियमीत रुपमा मनाइँदै आएको नेपाल डे यस वर्ष पनि भब्यताका साथ मनाइएको हो । जर्मन नेपाल मैत्री संघको आयोजनामा यो दिवस विगतदेखि मनाइँदै आएको छ । ‘नेपाल डे’ जर्मन नेपाल मैत्री संघको आयोजना र नेपाल पर्यटन बोड, नेपाली राजदूतावास बर्लीन, नेपाली महावाणिज्य दूतको सहकार्यमा मनाइएको हो । विशेष गरि ‘नेपाल डे’ मा नेपालको सातै प्रदेशको चिनाउने चिनारीलाई प्रस्तुत गरिएको थियो ।
हरेक वर्ष फरक फरक उद्देश्यमा केन्द्रित गरिदै मनाइने ‘नेपाल डे’ यस वर्ष भिजिट नेपाल २०२० सफल बनाउने उद्देश्यले नेपालको राज्य पुर्नसंरचना पछि बनेको सातै प्रदेशको भौतीक पूर्वाधारका विकास, विभिन्न जात जातीहरुको कला, संस्कृति लगायत नेपाली चिनाउने सातै प्रदेशको चिनारी जर्मनीबासी माफ प्रस्तुत गरिएको नेपाल जर्मन मैत्री संघका अध्यक्ष रामप्रताप थापाले बताउनुभयो । जर्मनीबासीलाई नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा भिजीट २०२० कसरी सफल बनाउने उद्देश्यमा केन्द्रित गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार कार्यक्रम जर्मनीलाई नेपाल भ्रमण गराउने, नेपालमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सातै वटा प्रदेशको विभिन्न जातजातीका कला, संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कोलन शहरका मेयर, नेपाली राजदूत रमेश प्रसाद खनाल, काउन्सुलर विशाल भट्टराई, गैर आवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, वल्र्ड म्युजीयमका डाइरेक्टरलगायतको सहभागिता थियो । कार्यक्रममा त्यस्तै, नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड सेफरले पनि शुभकामना मन्तब्य पठाउनुभएको थियो । कार्यक्रमममा रोल्यान्डको शुभकामना मन्तब्य वाचन गरिएको थियो ।

नेपाल जर्मन मैत्री संघ तथा नेपाली महावाणिज्य दुत रामप्रताप थापाको अध्यक्षामा सम्पन्न कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिनियर डाइरेक्टर आदृत्य बराल, बोर्डका कार्यसमिति सदस्य अबदेश दास, वरिष्ठ फोटोग्राफर किशोर कायस्थ, एनटीएनसी डाइरेक्टर रामकुमार अर्याल, अन्नपुर्ण पोस्ट दैनिकका सम्पादक अखण्ड भण्डारी, फोटोग्राफर किशोर कायस्थ सहभागि हुनुहन्थ्यो ।

कार्यक्रममा एनआरएनए संरक्षक जीवा लामिछानेले नेपालको पर्यटन, हालको संरचना, लगानी र नेपालको पर्यटन विकासमा डाइस्पोराको योगदान विषयमा धारणा राख्नुभएको थियो । विशाल भट्टराईले नेपालको विकास सम्बन्धी, अखण्ड भण्डारीले चेपागं सम्बन्धी चलचित्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका २० जना वक्ताहरुले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा धेरैजसो जर्मनीहरुले हेल्थ एन्ड टूरिजम फेस्टिवल, भूतपूर्व राजदूतहरुले नेपालको राजीतिक अवस्थामा बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रममा ४५० भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल डे को अवसरमा नेपालका विभिन्न सात वटा प्रदेशको चिनारी झल्काउने फरक फरक नृत्य र दुई वटा अन्य नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालका कला, सस्कृति झल्कने गरि विभिन्न कलाकारले आफनो प्रस्तुती देखाउनुभएको थियो । कार्यक्रममा इनास ग्लोबल वरिष्ठ उपाध्यक्ष कमला दाहालले कलाकारलाई सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा संगीता खडका, देवकी महरा र अम्बिका गौतमलगायतको पनि सक्रिय सहभागिता रहेको थियो ।