११ बैशाख २०८१, मंगलवार
Follow Us

विश्व च्याम्पियशिप स्नोकर प्रतियोगिताको उपाधि अग्रेज युवा ट्रमले चुमे

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७६, बिहीबार ०७:१२

लण्डन । लण्डनस्थित क्रुसियल थ्रियटरमा आयोजित विश्व च्याम्पियनशिप स्नोकर प्रतियोगिता सन् २०१९को उपाधि अग्रेज युवा जड ट्रमले चुम्न सफल भएका छन् ।

३५ फे्रमको भिडन्तमा अगे्रज युवा ट्रम र स्कटल्याण्डनिवासी जोन हिगिन्सले ठुलो भिडन्त गरेका थिए । जस्को परिणाम १८–९ मा टुंगिएको हो । विश्व स्नोकर संगठनले सुरुवात गरेका यो प्रतियोगिता ९२ औ संस्करण हो । बैशाख २० गतेबाट सुरुवात गरिएको नकआउट खेलमा १६ देशले भाग लिएका थिए ।

९२ औ संस्करणका प्रतिस्पर्र्धाी स्कटल्याण्डका जोन हिगिन्सको सन् २०१९ को उपाधि चुम्ने सपना टुग्गिएको छ । ४३ बर्र्षीय हिगिन्सले उक्त कपको उपाधि चार पटक सन् १९९८, २००७, २००९ र २०११ का उपाधि हात पारे पनि सन् २०११ को फाईनल खेलमा (नेपाली रुपयाँ २० करोड)गेम सेटिगको अभियोग लाग्दा २ बर्ष जेल चलान भएका थिए भने १८ महिना विश्व स्नोकर संगठनको निगरानीमा परेका थिए । पुन खेल खेल्न अनुमति पाएका हिगिन्सले सन् २०१७ र १८ मा उपविजेता मात्र हुन सकेका थिए । उनले सेमिफÞाइनलमा डेविड गिल्बर्टलाई १६ का विरुद्ध १७ फ्रेमले उछिन्दै फाईनल खेलमा प्रवेश गरेका हुन् ।

खेललको मध्ययनतिर अगे्रज युवाले ७ फ्रेमले अग्रता लिईरहदा उक्त ट्रफिका विजेता स्टिब डेविसले विविसीमा आफ्नो प्रतिकृया दिदै भनेका थिए, ‘जोन हिगिन्सले आफ्नो दिमागको खेल र कौशल्ता देखाउन नसके दलदलेमा फस्न सक्ने छन् ।’ उनले गत बर्षका विजेता वेल्स निवासी रोनि ओसुलिभान संसार मै सवै भन्दा छिटो र चमत्कारी खेल प्रदर्शन गर्न सक्ने स्नोकर खेलाडि भएको दावि गदै विविसीलाई बताएका थिए ।
अग्रेज युवा ट्रम १९ बर्षका हुदा हिगिन्सले सन् २०११ मा विश्व कम स्नोकरको उपाधि चुम्ने सपना टुटाई दिएका थिए । यस बर्ष भने ट्रमले स्कटल्याण्डनिवासी हिगिन्सलाई जीवनभर अमिलो हुने गरी बदला लिएका छन् ।

विश्व च्याम्पियनशिप स्नोकर खेलको शव्दावली ‘टर्न अफ’ शव्द लाई खेल अबधि पुरा समयमा दुबै खेलाडिले ११ पटक शताब्दीऔ अंक प्राप्त गरे पनि ट्रमले ७ र हिगिन्सले ४ पटक मात्र ल्याउन सफल भएका हुन् । बेलायती ट्रमले उक्त खेलको उपाधि नेपाली रुपयाँ ७ करोड ५० लाख र दोस्रो स्थान चुमेका हिगिन्सले ३ करोडको धन राशिको उपहार पाएका हुन् ।

स्मरण रहोस शिफिल्ड लण्डनमा भएको विश्व च्याम्पियनशिप खेलको उपाधि अगे्रजहरुले यो नै पहिलो पटक हात पारेका हुन् । २९ बर्षिय अग्रेज युवा ट्रम स्नोकर विश्व विजेताको सुचिमा दोस्रो स्थानमा नामकंन घोसित गरिएको छ । यो बर्षको खेलको उपाधि चुमे पछि अग्रेज युवा ट्रमले भने, ‘प्रतिप्रर्धामा रहेका हिगिन्स र मेरोतर्फबाट दर्शकदिर्घामा रहेका दर्शकलाई स्नोकरको महन्वपूर्ण कौशल चमत्कारी पोटिङ्ग प्रर्दशन गर्न पाउदा ज्यादै खुशीको अनुभूत भईरहेको छ ।’

‘यो जित ज्यादै अकल्पनीय भएको महशुस गरिरहेको छु । प्रतिस्पर्धामा आउन अगाबै मेरो गुरुबाको मार्गदिर्शन र मेरा मेहनतका कारण यो सफल्ता मिलेको आभाश हुन्छ ।’ मेरो गुरुबा, ममतामहि आमा,बाबा,सहकर्मिहरु र दर्शकहरुकै कारण उपाधि चुमेको बताउदै जीवनमै यो प्रतिस्पधार्मा आफ्नो खेलको विशेष कौशल्ता देखाउन सकेको दावि गरेका थिए ।