१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इटलीबाट क्यान्सरपीडितलाई आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७३, आईतवार ०५:०२

पथरी । क्यान्सर रोगबाट पीडित मोरङ राजघाट–५ छापन निवासी लीलामाया घिसिङको उपचारका लागि इटलीबाट ६७ हजार सात सय ४० रुपैयाँ पठाइएको छ ।
इटलीबाट दीपक घिसिङले आफू र आफ्नो साथीभाइबाट सङ्कलन गरेर पठाएको उक्त रकम राजघाटका बिरामीका दाजु अमरबहादुर तामाङलाई पठाइएको घिसिङले फोन गरेर राससलाई जानकारी दिनुभयो । राससले एक महिनाअघि क्यान्सरपीडितलाई आर्थिक समस्याको विषयलाई लिएर समाचार प्रकाशित भएपछि सो प्रकाशित समाचार विभिन्न सञ्चारमाध्यममा प्रसारित भएको थियो ।
सो समाचार सञ्चारमाध्यममा देखेपछि क्यान्सरपीडितलाई सहयोग गरेको दीपकको भनाइ छ ।
पन्ध दिनअघि हङकङमा रहनुभएकीमोरङ राजघाट–५ निवासी देवीमाया घिसिङ र बिन्दु घिसिङको अगुवाइमा साथीभाइ तथा शुभेच्छुकबाट सङ्कलन गरेर पठाइएको एक लाख १८ हजार रुपैयाँ बिरामीको परिवारलाई हस्तान्तरण भइसकेको अमरबहादुरको भनाइ छ ।