१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सङ्गीत क्षेत्रमा योगदान पु-याउने व्यक्ति सम्मानित

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७६, बिहीबार १४:५०

कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयको ५६ औंँ वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको छ । विद्यालयले कलाकार, मिडियाकर्मी, उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो । ऐश्वर्य कलानिधि सङ्गीत सम्मानबाट आधुनिक तथा लोक सर्जक ज्ञानु राणा, श्रुति युवा कलानिधि सम्मानबाट शास्त्रीय तबलावादक जीवन राई, केशव सकुना कलानिधि सम्मानबाट नृत्य निर्देशक राजु शाह, इन्द्रशिला प्रभु समर्पण कलानधि सङ्गीत सम्मानबाट भक्ति सङ्गीतकार स्वर्गीय राजभाइ बज्राचार्य र बालकृष्ण बालकुमारी मधुरादेवी सम्मानबाट सङ्गीत प्रवद्र्धक श्यामलाल श्रेष्ठ सम्मानित हुनुभयो ।
यस्तै उपेन्द्रगोपाल कृष्णदेवी पदमकृष्ण बाबाकुमारी सम्मानबाट नेपाल रिपब्लिक मिडिया ग्रुपका निर्देशक शोभा ज्ञवाली, गोपालप्रसाद रंगराव पद्मा कादम्बरी सम्मानबाट शास्त्रीय गायक भोला राई, विनोद सिटौला मैयानानी बाबुज्यान सम्मानबाट आधुनिक गायक शिव परियार, नरेश उमा गौतम हरिकृष्ण तीर्थकुमारी सम्मानबाट साहित्यकार सुवासचन्द्र ढुङ्गेल र श्याम मलेकु सिर्जना सिजापति सम्मानबाट भक्ति सङ्गीतकार किरण शाक्य सम्मानित भएका छन् । उनीहरुलाई जनही रु २० हजार, पदक र दोसल्ला ओढाएर सम्मान गरिएको हो । महाविद्यालयमा सन् २०१६ र १७ मा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई मेडल र प्रमाणपत्रबाट सम्मान गरिएको छ । संस्थाका आजीवन सदस्य र कलानिधि आइडल सजिन २ का विजेता मिलनकुमार खपाङ्गीलाई पनि सम्मान गरिएको छ । सोही अवसरमा मित्रलाल तामाङको ‘वाचाकसम’ एल्बमको विमोचन गरिएको छ ।
कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली सङ्गीत क्षेत्रको विकासका लागि सरकारले आवश्यक ध्यान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले “नेपाली लोकसङ्गीतको संरक्षण, सम्वद्र्धनमा सबै पक्षको ध्यान पुग्न जरुरी छ” उहाँले भन्नुभयो, “मौलिक संस्कृतिको जर्गेना गर्नु सबैको दायित्व हो ।”
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रामकुमार श्रेष्ठले नेपालले कलासङ्गीत क्षेत्रमा उत्कृष्टता हासिल गरे पनि विश्व मञ्चमा यसलाई उजागर गर्न नसकिएको बताउनुभयो । “विविधताले भरिपूर्ण हाम्रो देशमा थुप्रै खाले कला, संस्कृति छन्”, उहाँले भन्नुभयो, “प्रचारप्रसार गरी महत्वको बारेमा बुझाउन सक्नुपर्छ ।” विसं २०२० मा स्थापित महाविद्यालयको भवन अभावमा पठनपाठनमा समस्या आएपछि २०५० सालमा इन्दिरा श्रेष्ठले आफ्नै भवन प्रदान गर्नुभएको थियो । विद्यालयका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले विद्यालयको विकासका लागि आफू अझै आवश्यक सहयोग गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा महाविद्यालयका कोषाध्यक्ष धनबहादुर गोपाली, रामचन्द्र अञ्जान र शिव सुनारले विद्यालय र सङ्गीतका बारेमा बोलेका थिए । दोस्रो चरणमा भएको साङ्गीतिक कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुले प्रस्तुति दिएका थिए । राष्ट्रिय नाचघरमा खचाखच दर्शकले साङ्गीतिक कार्यक्रमबाट भरपूर मनोरञ्जन लिएका थिए ।