१३ बैशाख २०८१, बिहीबार
Follow Us

कानून दिवस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७६, बिहीबार १४:५३

राष्ट्रपति विद्यादेवी भण्डारी कानून दिवस–२०७६ का अवसरमा आयोजित विशेष जलपान समारोह सरिक हुनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजना गरिएको सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।

साथै सामारोहमा सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश, नेपाल बार एशोसिएनका पदाधिकारी, कानून व्यवसायीको उपस्थिति रहेको थियो । सर्वोच्च अदालतले विसं २००८ मा प्रधान न्यायालयको ऐन जारी भई विसं २००९ वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लगाई ऐन आएको दिनको स्मरणमा कानून दिवस मनाउन थालेको हो ।

सर्वोच्च अदालतका रजिष्टार नृपध्वज निरौलाले विसं २०४८ असोज ११ गते सर्वोच्च अदालतको पूर्ण बैठकले वैशाख २६ गतेलाई तत्कालीन राजा त्रिभुवन शाहले ऐन जारी गरेको स्मरण गर्दै सोही दिन कानून दिवस मनाउने थालनी गरेको जानकारी दिनुभयो । सर्वोच्च अदालतले कानून दिवसका अवसरमा देशभरका न्यायलयमा सार्वजनिक बिदा दिने गरेको छ ।