१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए कतारको आठौं राष्ट्रिय महाअधिवेशन अगष्ट ३० मा हुने

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७६, बिहीबार १५:४३

दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय महाधिवेशन आगामी अगष्ट ३० मा हुने भएको छ । गत ३ मई २०१९ मा बसेको एनसीसी कतारको तेश्रो तथा अन्तिम पञ्जिकृत सदस्यहरुको भेलाले सो निर्णय गरेको हो ।
पन्जिकृत सदस्यहरुको भेलाले नयॉ सदस्यहरुको आवेदन पनि आब्हान गरेको छ । निर्णय अनुसार ५ मई मा खुल्ला गरिएको सदस्यता आह्वान ३० जुन २०१९ सम्म खुल्ला रहनेछ र स्विकृत पञ्जिकृत सदस्यहरुको अन्तिम नामावली २६ जुलाई २०१९ मा प्रकाशित गरिनेछ ।
त्यसै गरी पन्जिकृत सदस्यहरुको भेलाले आठौं महाधिबेशनबाट कार्यकाल २०१९–२१ को लागि नयॉ कार्यसमितिको निर्वाचन २३ अगस्त २०१९ मा सम्पन्न गरी ३० अगष्ट २०१९ का दिन शपथ ग्रहण गराई कार्यभार हस्तान्तरण गरिने कुरा एनसीसी कतारका महासचिव बुधबल गुरुङले बताउनु भएको छ ।
महासचिव गुरुङका अनुसार पञ्जिकृत सदस्यहरुको भेलाले विधान संशोधन गरिएको थियो । संशोधित विधान अनुसार निर्वाचन सम्पन्न गराउन एनसीसी कतारका प्रमुख सल्लाहकार बिनेश तामाङलाई निर्वाचन समितिका संयोजकमा मनोनित गरिएको छ । समितिका संयोजक तामाङले एनआरएनए आईसीसीले जारी गरेको निर्वाचन निर्देशिका अनुसार निर्वाचन सम्पन्न गराउनेछ ।