११ बैशाख २०८१, मंगलवार
Follow Us

बाजागाजासहित प्रचण्डले गरे फेरि बिहे (भिडियोमा हेर्नुहोस्)

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७६, बिहीबार १६:१९

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालसँग फेरि बिहे गरेका छन् ।

आफ्नो वैवाहिक जीवनको ५० औं वर्षगाँठका अवसरमा प्रचण्डले सीतासँग फेरि बिहे गरेका हुन् ।

कार्यक्रममा प्रचण्डले र प्रचण्ड पत्नी दुवैले दुबोको माला लगाएका थिए भने यो अवसरमा गरिएको बिहेमा पञ्चेबाजा समेत घन्काइएको थियो ।

प्रचण्ड पत्नी सीता लामो समयदेखि अस्वस्थ रहेकी छिन् । कार्यक्रममा बोल्दै प्रचण्डले आज आयोजित कार्यक्रमले सीता दाहालको स्वास्थ्यमा मनोवैज्ञानिक रूपले सकारात्मक प्रभाव पर्ने बताए । वैवाहिक कार्यक्रममा विभिन्न दलका नेता तथा परिवार र नातागोता सहभागि थिए ।