१२ बैशाख २०८१, बुधबार
Follow Us

एक जनाको मृत्यु भएपछि चितवनको टाँडी तनाव

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७६, बिहीबार १६:२४

चितवन–इलाका प्रहरी कार्यालय टाँडी तनावग्रस्त भएको छ । प्रहरी कार्यालय टाँडीमा एक जनाको मृत्यु भएपछि टाँडी तनावग्रस्त भएको हो । प्रहरीले अश्रुग्यास समेत फायर गरेको छ ।

मृत्यु हुनेमा पदमपुरका चौधरी रहेका छन् । चौधरीलाई प्रहरीले २ दिनअघि मात्र झै–झगडा गरेको आरोपमा समातेको थियो । आफन्तले चौधरीलाई प्रहरीले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् ।

मृतकका आक्रोशित आफन्तहरुले राजमार्ग बन्द गराएर इलाका प्रहरी कार्यालय टाँडीमा ढुंंगामुढा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । आक्रोशित भीडले ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।

यता इलाका प्रहरी कार्यालय टाँडीका अनुसार कसैको पनि मृत्यु नभएको र आत्महत्या गर्ने कोसिस गरेको बताएको छ ।