७ बैशाख २०८१, शुक्रबार
Follow Us

यस वर्षको मिस नेपाल बनिन् अनुष्का श्रेष्ठ

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७६, बिहीबार १८:१२

काठमाडौं– मिस नेपाल वर्ल्ड २०१९ को टाइटल अनुष्का श्रेष्ठले जितेकी छिन् । बिहीबार राती सम्पन्न फाइनलमा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी उपाधि जित्न सफल भएकी हुन् ।
यसैगरी मिस नेपाल इन्टरनेशनल, मिरा कक्षपति, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी र मिस नेपाल सुपर नेशनल रोज लामा बन्न सफल भएका छन् ।
गतवर्ष मिस नेपाल मिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडा बनेकी थिइन् ।