१५ चैत्र २०८०, बिहीबार
Follow Us

मोटरसाइकल र ट्रयाक्टर ठोक्किँदा एक युवकको मृत्यु

sarusaru
२७ बैशाख २०७६, शुक्रबार ०१:५७

बेझाड । पाल्पाको रामपुरमा मोटरसाइकल र ट्रयाक्टर एकापसमा ठोक्किँदा आज एक युवकको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–६ नयाँ बजारबाट विजयपुर बजारतर्फ आउँदै गरेको बा४५प ८३६८ नं को मोटरसाइकल र किसानबारी बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु३त ७९७२ नं को ट्रयाक्टर एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार रामपुर नगरपालिका–५ बाङ्गेपसलका १९ वर्षीय सञ्जु रानाको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिए । मोटरसाइकलमा सवार १८ वर्षीय राहुल सुनारी घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ । ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा छन् ।
डिसी नेपाल