७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजापासँग एकताको पहल गर्ने समाजवादी पार्टीको निर्णय

sarusaru
२७ बैशाख २०७६, शुक्रबार ०२:२४

काठमाडौं । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच भएको एकतापछि जन्मिएको नयाँ पार्टी समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजापा)सँग एकता प्रयास जारी राख्ने निर्णय गरेको छ ।

पार्टी एकतापछि बिहीबार पहिलो पटक बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले राजापासँगको एकता प्रयासलाई अगाडि बढाउने निर्णय गरेको हो ।

संघीय समाजवादी र राजपाबीच पार्टी एकीकरणका लागि पत्राचार भइरहेका बेला फोरम र नयाँ शक्तिबीच एक्ता भएपछि राजपासँगको एकता प्रयास अवरोध भएको थियो ।

बिहीबार समाजवादीले राजापासँगको एकताका लागि सबै ढोका खुल्ला राख्ने निर्णय गरेपछि यो प्रयासले फेरि गति लिने अनुमान गरिएको छ । यद्यपी राजपाले भने यो विषयमा केही प्रतिक्रिया दिएको छैन ।

उपेन्द्र यादवले नेतृत्व गरेको फोरम र राजपाको राजनीतिक धरातल मधेश भएकाले राजापासँग एकताको प्रयास भएको थियो । तर, अब बाबुराम भट्राईसमेत मिसिएपछि समाजवादीको धरातल नेपालभर भएको छ । यसपछि राजापासँगको एकता टुंगोमा कसरी पुग्छ त्यो भने हेर्न बाँकी छ ।
डिसी नेपाल