८ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौंमै भित्रियो हैजा !

sarusaru
२७ बैशाख २०७६, शुक्रबार ०३:४०

काठमाडौँ। काठमाडौँको टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको कीटाणु देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त अस्पतालका अनुसार बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा यही बैशाख २२ गते हैजा प्रमाणित भएको देखिएको हो ।

अस्पताल र प्रयोगशालाको एउटा टीम हैजा प्रमाणित भएका बिरामीको घर गई निरिक्षण गर्दा भने बिरामीको स्थिती सामान्य रहेको देखिएको र परिवारका अन्य सदस्यमा झाडापखाला देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यस्तै ती बिरामीमा हैजा देखिएको प्रमाणित भएपछि उनको घरबाट विभिन्न स्रोतका पानीका ३ वटा नमुना परिक्षणका लागि टेकुमै लगिए पनि नतिजा आउन बाँकी रहेको उक्त शाखाको भनाइ छ ।

यस्तै यही बैशाख १७ गते काठमाडौँ महानगरपालिका वडा न. १३ निवासी, ४५ बर्षीय एक पुरुष झाडापखाला उपचारका लागि उक्त शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुमा भर्ना भएका थिए ।

स्मरणीय छ, उक्त अस्पतालले केही दिन अघि बर्डफ्लुबाट ज्यान पुमाएका एक युवकको निधनको खवर ३२ दिनपछि सार्वजनिक गरेको थियो ।

उक्त अस्पतालमा घाटी दुख्ने र कडा रुघाखोकीका बिरामी भर्ना हुनथालेको अस्पतालले जनाएको छ । तर अहिले सिजनल कडा खालको रुघाखोकी भए पनि बर्डफ्लु नदेखिएको अस्पतालले भनाइ छ।
नेपाल समाचारपत्र दैनिक