१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शशिचन्द्र अधिकारीको एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७६, शुक्रबार ०५:५०

उच्च कार्य सम्पादन क्षमता भएका बलिया र सक्षम व्यक्तित्वमा रुपमा परिचित शशिचन्द्र अधिकारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी दिनु भएको छ । सबैभन्दा बलिया दावेदार अधिकारी कार्य सम्पादनमा उच्चतम क्षमता भएकाव्यक्तित्वका रुपमा स्थापित हुनुभएको छ ।
एनआरएनएमा उहाँले हासिल गर्नुभएको अनुभव र समाजसेवा प्रतिको लगावलाई अमेरिकास्थित प्रवासी नेपालीले सरहना गरेका छन् । युवा व्यवसायीका सोच तथा कार्ययोजनाले बोर्ड अफ डाइरेक्टर पदमा रहेर संस्थालाई अझ बढी चुस्त, दुरुस्त र सेवामुखी बनाउन सकिने उहाँको भनाइ छ ।
एनआरएनए अमेरिकालाई आगामी दिनमा सहयोगी भातृत्व प्रेमी अपनत्व संस्था बनाउन सक्षम, योग्य, ऊर्जाशिल, क्षमतावान र अनुभवी व्यक्तित्वको खाँचो भएको अधिकारीले औल्याउनु भएको छ । एनआरएनए विधि, विधान, नीति नियममा हिड्ने, भ्रष्टाचार र अनियमितता मुक्त सबैको साझा र सहयोगी संस्था बनाउन अग्रसर हुने उहाँको प्रतिवद्धता छ ।
विभिन्न संघ संस्थामा काम गरेर अनुभव र प्रतिष्ठा कमाएका अधिकारी बोर्ड अफ डाइरेक्टरका लागि प्रभावशाली र बलिया उम्मेद्वार रुपमा देखिनु भएको छ ।
आफूले अहिलेसम्म हासिल गरेको अनुभव र संघमा केहि युवा र व्यवसायिक व्यक्तिहरूको योगदान रहने गरी कार्य सम्पादन अघि बढ्ने छु,’ उहाँले भन्नु भयो ‘ दोहोरो कर प्रणालीवारे धेरैमा भ्रम र ज्ञानको कमी छ ।’ यसलाई चिर्न म सफल हुने विश्वास मैल लिएको छु ।’
एनआरएन आईसीसीको सेफ्टी एण्ड सेक्युरिटी कम्युनिटीमा सन् २०१७–२०१९ सम्म सदस्य रहनु भएका अधिकारी एनआरएनएभित्र रहेका राजनीतिक विकृति हटाउन तथा संस्थागत विकास गर्न आफूले उम्मेद्वारी दिएको बताउनु हुन्छ ।
‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नारा लिएर म चुनावी अभियानमा होमिएको हुँ,’ उहाँले भन्नु भयो । ‘प्रवासमा रहेका नेपालीले दिने एक÷एक मतले संस्थाको भाग्य निर्धारण गर्छ ।’ आफ्नो अमूल्य मत सही व्यक्तिलाई दिएर मर्यादित संस्था निर्माण गर्ने अभियानमा सहभागि हौं ।’
संस्था संचालनका लागि कुशल नेतृत्वको आवश्यक पर्ने भन्दै अधिकारीले आफू सो पदका लागि योग्य र उपयोगी व्यक्ति भएको बताए । अहिले पनि हामी सबैं प्रवासी नेपाली एनआरएनए अमेरिकामा सहकार्य गरिरहने छौं । र भोलिका दिनमा पनि यसले निरन्तरता पाउने छ ।
प्रजातान्त्रिक मुलुकको उच्च अभ्यास बुझेका हामीले एनआरएनए अमेरिकालाई हाम्रो र राम्रो संस्था बनाउन हातेमालो गरेर हिड्नु पर्छ,’ उहाँले भन्नु भयो ‘व्यक्तिगत कुण्ठा वा प्रतिशोधको भावना पालेर गरिने आरोप प्रत्यारोपले हामीलाई सही गन्तव्यमा पु¥याउँदैन ।’ यसमा हामी सजग र चिन्तित हुनुपर्छ ।’
चुनावी परिमाण केवल संस्था संचालन गर्ने बडी निर्माणका लागि मात्र नभइ कतव्र्य बोध गराउने, दायित्व र जिम्मेवार वहन गर्न सिकाउने गुणात्मक अभ्यास भएको उहाँले बताउनु भयो ।

-सुरेश कोइराला