११ बैशाख २०८१, मंगलवार
Follow Us

साहित्यतर्फको नोबल पुरस्कार अलपत्र

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७३, आईतवार ०६:०४

स्टकहोम । सन् २०१६ को साहित्यतर्फको नोबल पुरस्कार अलपत्र परेको छ । उक्त पुरस्कार अमेरिकी गीतकार तथा गायक बब डिलनलाई दिइने घोषणा गत अक्टुबर १३ मा गरिएको थियो । अहिलेसम्म डिलनले उक्त पुरस्कार स्वीकार गर्ने वा नगर्ने टुंगो छैन । नोबेल पुरस्कार दिने संस्था स्वीडिस एकाडेमीका एक सदस्य ले डिलनको यो रबैया असभ्य र अहंकारले भरिएको बताएका छन् ।
७५ वर्षीय डिलनसँग स्वीडिस एकाडेमीले सम्पर्क गर्ने प्रयास गरिरहेको बताइएको छ । एकेडेमीका सदस्य वास्टवर्गले स्वीडिस टेलिभिजनलाई दिएको जानकारी अनुसार उनी जो हुने त्यही हुन् । पुरस्कार प्राप्त भएको खबरप्रति डिलनले गरेको उपेक्षा गम्भीर छ । बब डिलनको वेभसाइटबाट पनि नोबल पुरस्कार प्राप्त भएको विवरण हटाइएको छ ।
आउँदो डिसेम्बर १० मा स्टकहोममा पुरस्कार हस्तान्तरण समारोहमा डिलन आउँछन कि आउँदैनन भन्ने विषयमा कुनै निधो भएको छैन । वास्टवर्गले दिएको जानकारी अनुसार यदि उनी पुरस्कार थाप्न नआए पनि योजनाअनुसार नै कार्यक्रम अघि बढ्नेछ । नोबेल पुरस्कार डिलनले महत्व नदिएको घटनालाई वास्टवर्गले अप्रत्यासित भनेका छन् । सन् १९६४ मा फ्रान्सेली लेखक तथा दार्शनिक ज्या पोल सत्रले पनि साहित्यतर्फको नोबेल पुरस्कार लिन अस्वीकार गरेका थिए ।