१३ बैशाख २०८१, बिहीबार
Follow Us

विदेशमा आर्जन गरेको ज्ञान तथा सीप मातृभूमिमा यसरी लगाउन सकिन्छ

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७६, शुक्रबार १३:४५

सरकारले देशबाट विभिन्न अवसरको खोजीमा विदेश पलायन भएकाहरुको ज्ञान, सीप र दक्षतालाई देशभित्र उपयोग गर्न ‘ब्रेन गेन सेन्टर’ (बीजीसी) नामक अभियानको थालनी गरेको छ ।
यस अभियानको महत्वपूर्ण पक्ष विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप, मेहनत र उपलब्धीलाई सम्मान गर्ने रहेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
त्यसका लागि मन्त्रालयले बीजीसीको डाटाबेस www.mofa.gov.np/bgc ले आफ्नो विज्ञताका सम्बन्धमा इच्छा अनुसारको सूचनाहरु अद्यावधिक गर्ने सुविधा उपलब्ध गराउने मन्त्री ज्ञवालीले बताए ।
सो विज्ञताको नेपालमा प्रयोग सम्बन्धी जानकारी अद्यावधिक गरी बाञ्छित लाभ हासिल गर्न तथा आवद्ध सबैलाई विभिन्न उपयोगी कुराहरु अद्यावधिक गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
यसले सरकारले सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसित मुलु्कबाट स्तरोन्नती गर्दै विकासशील मुलुकमा पुर्याउने तथा २०३० सम्मा मध्यम आय भएको देशमा रुपान्तरण गर्ने योजनामा सहयोगी भूमिका हुने मन्त्रालयले अपेक्षा लिएको छ ।