१३ बैशाख २०८१, बिहीबार
Follow Us

अध्ययन प्रतिवेदन भन्छ : सबै विमान खरिदमा त्रुटि

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७६, शनिबार ०३:२८

काठमाडौँ — संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीका चारवटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औंल्याएको छ । समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो ।

सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा गठित उपसमितिले निगमले उडानमा राखेका चारवटै एयरबस (दुइटा ए३२० र दुइटा ए३३०) को खरिद प्रक्रिया नमिलेको औंल्याएको सांसद दिव्यमणि राजभण्डारीले कान्तिपुरलाई बताए । समिति सभापति पवित्रा निरौलालाई बुधबार बुझाइएको प्रतिवेदनमा निगमले २०७१ मा खरिद गरेका दुइटा एयरबस ए३२० (न्यारोबडी) विमान परल मूल्यभन्दा डेढ अर्ब रुपैयाँ बढी तिरेको उल्लेख छ ।कान्तिपुर दैनिकमा खबर छ ।