१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए ओसेनीया क्षेत्रीय सम्मेलन (फोटोफिचर )

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७६, शनिबार ०६:००

सिड्नी। गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलन शूरु भएको छ । सम्मेलनको पहिलो दिन उद्घाटन सत्र शूरु भएको हो । कानुनमन्त्री भानुभक्त ढकालले कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । सम्मेलनमा एनआरएन अभियन्ता तथा महावाणिज्यदूत दिपक खडका, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक सहभागि छन् । । कार्यक्रममा अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यान सहभागि छन् । ।

कार्यक्रममा एनआरएन पूर्व अध्यक्ष शेष घले, अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, जमुना गुरुगं, एनआरएनएन पूर्व प्रवक्ता रञ्जु वाग्ले थापा, सहकोषाध्यक्ष सोम सापकोेटा, एनआरएन अभियन्ता श्याम तामाङ, गणेश केसी, एनआरएनएन प्रवक्ता भूषण घिमिरे, यूरोपका संयोजक शिवकुमार बरुवाल, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारीलगायत सहभागि छन् ।
सम्मेलनको पहिलो दिन आज नेपालमा गैर आवासीय नेपाली र लगानी सम्बन्धी, प्रर्यटन प्रबद्र्धन तथा विदेशी ज्ञान, सिपलाई कसरी भित्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ भने विभिन्न्न विज्ञबाट विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ ।