१५ चैत्र २०८०, बिहीबार
Follow Us

युरोप जान हिँडेका ६५ आप्रवासी कामदारको भू–मध्य सागरमा मरण

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७६, शनिबार ०६:०१

आप्रवासी बोकेको एक डुँगा भूमध्यसागरमा पल्टिँदा ६५ को ज्यान गएको छ ।
संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीका अनुसार यो डुङ्गा ट्युनिशिया नजिकको समुन्द्रमा पल्टिएको थियो ।
युएनएचसीआरले जारी गरेको एक वक्तव्यमा दुर्घटनामा हालसम्म १६ जनालाई बचाइएको छ । जीवित बचेका मानिसले बताए अनुसार डुङ्गा विहिबार लिबियाबाट युरोपको लागि निस्किएको थियो । समुन्द्रमा समय समय उठ्ने ठूलो लहरको कारण सानो डुङ्गा पल्टिएको हुन सक्छ ।
युएनएचसीआरको तथ्याकं अनुसार यो वर्ष हालसम्म लिबियाबाट युरोप जाने क्रममा १६४ को मृत्यु भइसकेको छ ।