१५ चैत्र २०८०, बिहीबार
Follow Us

भेनेजुएलाका राष्ट्रिय सभा उपाध्यक्षलाई जेल सजायका लागि आदेश

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७६, शनिबार १०:५३

काराकस-भेनेजुएलाको एउटा विषेश अदालतले राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले शुक्रबार दिएको जानकारी अनुसार ‘आतङ्कवादसम्वन्धी’ क्रियाकलापमा संलग्न भएको आरोपमा उपाध्यक्ष इड्गार जाम्ब्रानोलार्ई जेल हाल्न आदेश दिइएको हो ।

गत अप्रिल ३० मा विपक्षी नेता हुवान गुएइदो, उपाध्यक्ष जाम्ब्रानोसहित विपक्षी समूहले सरकार विरुद्ध उत्रिन आह्वान गरेका थिए । उनीहरुले राष्ट्रपति निकोलस मुदुरोलाई पदमुक्त गराउन पनि आग्रह गरेका थिए ।

त्यसपछि उपाध्यक्ष जाम्ब्रानोलगायत राष्ट्रिय सभाका केहीलाई सरकारी सुरक्षा अधिकारीहरूले अनुसन्धान अगाडि बढाएका थिए । त्यही अनुसन्धानकर्ताहरूको सिफारिसका आधारमा अदालतले उहाँले काराबास राख्न आदेश दिएको हो ।