७ बैशाख २०८१, शुक्रबार
Follow Us

अल्डरशटमा पूर्वउपप्रधानमन्त्री थापाले सम्बोधन गर्ने

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७३, आईतवार ०९:३४

लन्डन । पूर्वउपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले वेलायतस्थित नेपाली समूदायलाई सम्बोधन गर्ने भएका छन् । थापाले प्रवासी नेपाली एकता समाज बेलायतले
२९ अक्टोबर शनिबार अल्डरशटमा आयोजना हुने वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् । समाजका संस्थापक अध्यक्ष रोसन सापकोटाका अनुसार कार्यक्रमलाई तमोलपाका प्रवक्ता बिमल श्रीवास्तव, भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी बाच्पेयका पूर्व सल्लाहाकार गौतम सेन र प्रोफेशर सूर्य सुवेदीले सम्बोधन गर्ने भएका छन् ।

थापा २ हप्ताका लागि निजी भ्रमणमा बेलायत आएका हुन् ।