१२ बैशाख २०८१, बुधबार
Follow Us

‘भारतका विभाजनकारी प्रधानमन्त्री’

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७६, शनिबार ११:०२

अमेरिकाबाट प्रकाशित हुने चर्चित म्यागजिन ‘टाइम’ले आफ्नो नयाँ अंकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आवरण कथा गरेको छ ।
म्यागजिनको आवरणमा नरेन्द्र मोदीको पेन्टिङ तस्वीर छ जसको छेउमा लेखिएको छ ,‘भारतका विभाजनकारी प्रधानमन्त्री’ ।
टाइम म्यागजिनले आवरण पृष्ठलाई ट्वीट गर्दै लेखेको छ ,‘टाइमको नयाँ अन्तराष्ट्रिय आवरणः के संसारको सबैभन्दा ठूलो लोकतन्त्रले मोदीको सरकारलाई आगामी पाँच वर्षसम्म थप झेल्न सक्ला ?’
म्यागजिन २० मेमा बजारमा आउनेछ । भारतमा मे १९ मा लोकसभा निर्वाचन अन्तर्गतको अन्तिम चरणको निर्वाचन हुनेछ । निर्वाचनको अन्तिम परिणाम मे २३ मा बाहिरिनेछ ।