७ बैशाख २०८१, शुक्रबार
Follow Us

कुवेतमा काङ्ग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियान

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७६, आईतवार ०६:०९

कुवेत । नेपाली काङ्ग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । शुक्रबार कुवेतस्थित फर्वा्निया पार्कमा समितिको मासिक बैठकमा सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा उक्त विषयमा छलफल गरी सो जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रिय कार्यालयको निर्देशनानुसार सो जागरण अभियान सञचालन गर्न लागिएको हो। स्वदेशसँगै विदेशका ३३ देशमा यो अभियानलाई यथासिघ्र सञ्चालनमा ल्याउन लागिएको छ। हिमाल, पहाड, तराईमधेस नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत रहेर राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भबारे पार्टीको धारणा सार्वजनिक गरिएको थियोे।

नेपाली कांग्रेसले संचालन गरिरेको अन्तर्रा्ष्ट्रिय जागरण अभियानलाई सफल पार्नको लागि कुवेतमा रहनु भएका नेपाली काङ्ग्रेस ९रास्ट्रीयता, समाजबाद, लोकतन्त्र र प्रजातान्त्रिक पद्धतिमा आस्था राख्नुहुने सम्पूर्ण नेपालीहरूलाई अभियानमा सहभागी भइदिनको लागि जनसम्पर्क समिति कुवेतले अनुरोध समेत गरेको छ।

साथै सो अभियान सँगसँगै नेपाली काङ्ग्रेसको नयाँ सदस्यता लिन चाहने नेपाली काङ्ग्रेससँग आस्थावान नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समितिले सदस्यता प्रदान समेत गर्ने बताएको छ।