१३ बैशाख २०८१, बिहीबार
Follow Us

महायोग साधना चार ठाउँमा एकैपटक

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७३, आईतवार १४:११

चितवन । चितवनका विभिन्न चार ठाउँमा आइतवार एकैपटक सिद्धमहायोग ध्यान साधना शिविर सञ्चालन भएको छ । जगदगुरु श्री रामानानन्दर्चाय सेवा पिठ सिद्धमहायोग ध्यान साधना केन्द्ध को आयोजनामा सो ५ दिने ध्यान शिविर सञ्चालन भएको हो । महायोगले नै मानवयोनीबाट देवयोनी को ढोका खोल्ने सकिने ध्यान साधना केन्द्र नेपालका उपाध्यक्ष एवं श्री श्री १००८ डा. वैष्णव कृष्णदास महाराजीको उतराधिकारी गोविन्दबाबु तिवारीले बताउनु भयो । उहाँले जगद्गुरु श्री रामानानन्दर्चाय सेवा पिठ नेपालका पिठाधिस श्री श्री १००८ डा. वैष्णव कृष्ण दास जी महाराजले सिद्धमहायोग साधनालाई नेपाली जनजनमा पुर्याउने संकल्प साथ ध्यान साधनाशिविर अगाडि बढाएको बताउनु भयोे । महायोग साधनाका ६ चरण र ३६ उपचरणहरु हुने बताउदै उपाध्यक्ष तिवारीले प्रथम चरणका साधना पश्चात दोस्रो, तेस्रो क्रमश साधकले बढाउदै लग्न सकिने समेत जानकारी दिनुभयोभयो । पाशुपत सिद्धमहायोगसााधना गुरुदेवको कृपाभएपछि साधकको जन्मसस्कार , उसको शरिरको अवस्था अनुसार योगिक क्रियाहरु आफै हुने पनि उपाध्यक्ष तिवारीले बताउनु भयो ।
पश्चिम चितवनको चित्रवन ७ गुञ्जनगर भएको ध्यान साधना शिविरमा उपाध्यक्ष स्वंम उपस्थित भएर साधकहरुलाई महायोग साधनको महत्व , गर्ने तरिका लगायतका संकल्प विधि बारे अभ्यास गराउनु भएको थियो । त्यस शिविरमा ७० जना महिला सहित १सय १७ जना सहभागी हुनुहुन्थयो । आइतवार नै पुर्वि चितवन पर्साको रेडक्रस भवनमा भएको ध्यान साधना शिवीरमा साधना केन्द्र काठमाडौका संयोजक बुद्ध शाक्यले सहजीकरण गुर््नु भएको थियो । त्यहाँ ३५ जना साधक तथा साधिका ले सहभागीता जनाउनु भएको थियो । यसैगरि र भरतपुर १४ तोरिखेत स्थित नमुना कल्लायणकारी आश्रममा भने साधना केन्द्र कै आनन्द प्रियाले सहजीकरण गर्नु भएको थियो । त्यस साधना शिविरमा २ सय ३२ जना साधकहरु सहभागी हुनु भएको थियो । भरतपुर १० महाकालेश्वर मन्दिर परिसरमा भएको सो शिविरमा साधना केन्द्रका आर्थिक तथा निमार्ण विभागका उपसंयोजक श्यामशरण प्रजापति र रामकुमार सिंह दुवैले ध्यान साधनाको महत्व तरिका लगायतका ध्यान साधना प्रदान गर्नुभएको थियो । त्यहाँ १ सय ७३ जनाले सहभागीता जनाउनु भएको थियो । । सो शिविरमा समाज सेवी ,नेपाल सरकारका कर्मचारीहरु, शिक्षकहरु ,विद्यार्थी ,संघसस्थामा आवद्ध सबै लेसहभागीता जनाउनु भएको थियो ।
वर्तमानमा योग साधना प्रति जनमानसमा आर्कषण बढ्दै गएको पाइन्छ । रोग लाग्नु भन्दा अघि नै अभ्यास गरिने योग ध्यानले मानवलाई निरोगी बनाउछनै साथसाथै नेपालमा नै शुरु भएको पाशुपत सिद्धमहायोगले मानव हुनुको अर्थ नै बुझाउन सम्भव छ भने यो साधना किन अभ्यास नगर्ने त ?
– सृजना अर्याल