१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भाइब्रेण्टको लोगो दुरुपयोग गरी पुस्तक प्रकाशन, नेमका शिक्षकलाई पक्राउ पुर्जी

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७६, सोमबार ०७:२९

काठमाण्डौं । राजधानीको एक शिक्षण सस्थामा कार्यरत शिक्षकहरुले बर्षौदेखि किर्ते काम गर्दै आएको खुलासा भएको छ । नेममा कार्यरत शिक्षकहरु प्रयोग गरी नक्कली पब्लिकेशन (प्रियान्शु पब्लिकेशन) खोलेर गत पाँच वर्षदेखि भाइब्रेण्टको नाम र लोगो दुरुपयोग गरेको भेटिएको हो ।

भाइब्रेण्टको नाम र लोगो दुरुपयोग गरेर नौ किसिमका कितावहरु अनुमति बिना नै हजारौंको संख्यामा विक्री वितरण गरी किर्ते र ठगी गर्दै आएको पत्ता लागेको भाइब्रेण्टका सञ्चालक होमनाथ नेपालले जानकारी दिए ।

सामाजिक सञ्जालमा आइबेरिस अमारा अलबिजिया नामक किर्ते आईडी बनाएर मेडिकल इण्ट्रान्स तयारी कक्षा सञ्चालन गर्ने ‘नेम’ मा कार्यरत शिक्षकरु लागिपरेको भेटिएको छ । यही किर्ते आइडीबाट अर्काे प्रतिष्ठित मेडिकल इण्ट्रान्स तयारी गराउने शिक्षण संस्था भाइब्रेण्टलाई बिक्री भएको भ्रमपूर्ण सूचनासमेत दिने गरेको छ ।

किर्ते काममा शिक्षकहरु मनोज सिंह, कमल नेपाल, गजेन्द्र सिंह, राजेश साह, कृष्णकुमार गुप्ता, महेन्द्र यादव, विदुर भट्टराई संलग्न रहेको बताईएको छ । मनोज सिंह भारतीय नागरिक हुन् । कुनै विदेशी नागरिकले विना अनुमति पुस्तक लेख्न पाउँदैन । यसरी किर्ते धन्दामा संलग्न भएको भन्दै भाइब्रेण्टले प्रहरीमा उजुरी दिएको छ । उजुरी पछि प्रहरीले उनीहरु विरुद्ध वारेण्ट पूर्जी जारी गरेको छ ।

प्रतिलिपी चोरीमा उनीहरुलाई तीन वर्षदेखि सात वर्षसम्म कैद र विगो जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ । भाइब्रेण्टले उनीहरुसँग तीन करोड क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।