८ बैशाख २०८१, शनिबार
Follow Us

टेलिकमद्घारा निशुल्क सिमकार्ड बितरण

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७६, सोमबार ०७:३१

नेपाल टेलिकमले विकट हिमाली जिल्ला बझाङमा निशुल्क सिमकार्ड बितरण गरेको छ । टेलिकमले जिल्लाको बुंगल नगरपालिकाको देउलीकोट,दहबगर र जयपृथ्वी नगरपालिकाको ग्वानीमा नयाँ नमस्ते टावर निर्माण गरेपछि त्यस क्षेत्रका बासिन्दाहरुलाई निशुल्क सिमकार्ड बितरण गरेको हो ।
टेलिकमले हिमाली जिल्ला बझाङ आएर ५० रुपियाँ ब्यालेन्स भएको सिमकार्ड निशुल्क बितरण गर्दा जनतामा खुसी छाएको जयपृथ्वी नगरपालिका १० घर भएकी बिना रसाइलीले बताइन । उनले भनिन् टेलिकमले निशुल्क सिमकार्ड बितरण गरेर निम्न आयस्रोत भएका दिनदुखीहरु मन जितेको छ ।

देउलीकोट र दहबगर गरी ४ सय ६० सिमकार्डहरु बितरण गरी सकेको टेलिकमले आज चैनपुरमा रहेको नेपाल टेलिकमको कार्यालयमा निशुल्क सिमकार्ड बितरण कार्य शुरु भएको छ ।
जिल्लाको ३ ठाउँमा नयाँ नमस्ते टावरहरु निर्माण भएपछि नेपाल टेलिकमको केन्द्रिय कार्यालयको निर्णय अनुसार त्यस क्षेत्रका बासिन्दाहरुलाई निशुल्क नमस्ते सिमकार्ड बितरण गरेको नेपाल टेलिकमका सहायक व्यापार अधिकृत बसोल ढुंगेलले बताए । जिल्लामा हाल सिडिएमए ( स्काई),नमस्ते,स्मार्ट, एनसेल लगायतले सेवा दिदै आइरहेका छन ।

नेपाल आईडल सिजन २ का उत्कृस्ट ५ प्रतिस्पर्धी मध्येका एक प्रतिस्पर्धी अमित बरालको स्वरमा अर्को नयाँ गीत “यता मेरो रगतले“ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीत संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।
वैदेशिक रोजगारको लागि गएको युवाले निर्दोष हुदाँ दुख पाएको भावलाई लाई प्रस्तुत गरिएको भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् । भिडियोमा नायक दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने फिचर्ड छन् ।
राम लुइटेलको निर्माणमा बनेको भिडियो लाई उत्सव दाहालले खिचेको हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् । यस्तै भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।