१३ बैशाख २०८१, बिहीबार
Follow Us

आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७६, सोमबार ०८:२२

महानगरीय प्रहरी वृत्त स्वयम्भुले आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.५ ख. ७३९७ नम्बरको टिफरचालक धादिङ थाक्रे रानीबनका दिपक राउतलाई पक्राउ गरेको छ । काठमाण्डौ महानगरपालिका -१ रानीवन स्थित निषेधित क्षेत्रमा प्रवेश गरेको टिफरलाई स्थानिय व्यक्तिहरूले घेरीरहेको भन्ने जानकारी हुनासाथ खटिएको प्रहरी टोलीले टिफरलाई कारबाही गर्ने खोज्दा चालकले नगद ५ सय रूपैया दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए । नगद सहित राउतलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।
.