१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चुनाव आफ्नो पक्षमा पार्ने दाउ, नेपालीलाई ८ करोड दिने अस्ट्रेलियाली मन्त्रीको घोषणा

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७६, सोमबार ०८:२३

सिड्नी । नेपाली समूदायको एक कार्यक्रममा अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले लिबरल पार्टी फेरि विजयी भए नेपाली समुदायको भवन निर्माणमा एक मिलियन डलर अर्थात करिब ८ करोड नेपाली रुपैयाँ सहयोगर्को घोषणा गरेका छन् ।
एनआरएनको ओसिनिया क्षेत्रको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले आफूसँग सामुदायिक भवन निर्माणका लागि सहयोगको आग्रह गरिएको बताउँदै सातापछि हुने निर्वाचनमा निर्वाचित भए उक्त सहयोग दिने घोषणा गरेका हुन् ।
अस्ट्रेलियामा ६० हजार बढी नेपाली मूलका व्यक्ति रहेको बताइन्छ । नेपाली मूलकाहरूलाई आफ्ना कार्यक्रम आयोजना गर्नका लागि भवन आवश्यक परेको र त्यसका लागि रकम माग गरिएकाले सहयोग प्रदान गर्ने उनले बताएका हुन् ।
उनले नेपाल र अस्ट्रेलियाबीच सकारात्मक सम्बन्ध रहेको पनि बताए । गत वर्ष मात्रै २६ हजार नेपालीलाई विद्यार्थीलाई भिसा दिएको पनि उनले स्मरण गरे ।
अस्ट्रेलियामा मे महिनाको १८ तारिखमा आमनिर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारूढ लिबरल पार्टी र विपक्षी लेबरपार्टीबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।
यस्तैमा स्थानीय उम्मेदवारहरु नेपाली समूदायको भोट तानातानमा समेत लागिपरेका छन् ।