१५ चैत्र २०८०, बिहीबार
Follow Us

तरुण दल बेलायतले अन्तक्र्रिया गर्ने

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७३, आईतवार १४:१८

लन्डन । नेपाल तरुण दलको ६३ औं स्थापना दिवसका अवसरमा तरुण दल बेलायतले केन्द्रीय प्रतिनिधिको आतिथ्यमा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी आइतबार अर्थात् ३० अक्टुबरमा आयोजना हुने दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघीयता, लोकतन्त्र र राष्ट्रिय एकतामा नेपाली युवाहरुको भूमिका विषयमा अन्तक्र्रिया हुनेछ । नर्थहोल्टको ब्लु अर्किड रेस्टुरेन्टमा दिउँसो १ बजे आयोजना हुने उक्त कार्यक्रममा बेलायतवासी नेपाली समुदायलाई सहभागिताका लागि दलले आग्रह गरेको छ ।