८ बैशाख २०८१, शनिबार
Follow Us

सरकारको गतिविधिमा शाही शासनकालको झल्को

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७६, सोमबार १२:१४

चितवन– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारको पछिल्लो गतिविधि शाही शासनकालको झल्को दिने खालको भएको टिप्पणी गरेका छन् । उनले नेकपा सरकारको शाही प्रवृत्तिविरुद्ध जनस्तरबाट नै प्रतिवाद गर्ने समय आएको बताए ।
नेपाल शिक्षक सङ्घ चितवनको ३० औं स्थापना दिवसका अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा पौडेलले संवैधानिक मर्म र भावना विपरीत दुई तिहाइको बलमा प्रेसमाथि अङ्कुश लगाउन खोजिएको बताए ।
सरकारको प्रेसमाथि अङ्कुश लगाउने प्रयास काँग्रेसलाई
कुनै सर्तमा स्वीकार्य नहुने पौडेलले बताए ।

पौडेलले मानब अधिकार आयोगलाई महान्यायधिवक्ताको मातहत राख्न खोज्नु निरंकुशतावादी सोच भएको टिप्पणी पनि गरे ।
अर्को प्रसंगमा उनले सार्वजनिक शिक्षा सुधारमा शिक्षकहरूको भुमिका महत्वपूर्ण रहने बताए ।