१६ चैत्र २०८०, शुक्रबार
Follow Us

१५ लाख ९० हजार भारतीय नोटसहित ६ जना समातिए

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७६, सोमबार १६:३८

काठमाडौं– अवैध भारतीय नोटसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको नयाँ बजारमा रहेको होटल मेट्रो ईनबाट प्रहरीले १५ हजार ९० हजार ५००भारु सहित धादिङका शम्भु परियार, दोलखाका राम बिक्रम खड्का, कास्कीका सन्तोष थापा, बागलुङका नबिन थापा, काभ्रेपलान्चोकका राजेन्द्र तामाङ र धनध्वज तामाङलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।