१४ बैशाख २०८१, शुक्रबार
Follow Us

किशोरी हत्या आरोपमा पक्राउ

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७६, सोमबार १७:४९

पाँचथर–हिलिहाङ गाउँपालिकाकी १५ वर्षीया किशोरीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचथर फाल्गुनन्द गाउँपालिका–२ का भगिरथ बाँस्तोलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।
बाँस्तोलाले प्रारम्भिक बयानमा आफू र सोही स्थान बस्ने मृतकका प्रेमी पदम तामाङ मिलेर हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

बाँस्तोला पक्राउ परे पनि अर्का आरोपित तामाङ भने अझै फरार रहेका छन् ।
उनको खोजी कार्य भइरहेको बताइएको छ । किशोरी शितल योङहाङको आइतबार राति वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।