१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा देउसीभैलोको रौनक : खेल्न निम्त्याउनेको प्रतिष्पर्धा

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७३, आईतवार २२:५५

लण्डन । प्रवासी नेपालीहरू बीच देउसीभैलो त्यति बाक्लो सुनिने संस्कृति होइन । तर नेपालीको बस्ती बाक्लिँदै गएपछि नेपाली चाडबाड़ र सांस्कृतिक परम्पराहरूप्रति मोह र महत्त्व दिनदिनै बढ्दै गएको सन्दर्भमा पछिल्लो पटक बेलायतमा देउसीभैलोलो आफ्नो प्रभाव र लोकप्रियता बढाउँदै लगेको छ ।

ससाना सामूहिक देउसीभैलो खेल्नेहरू यदाकदा देखिए पनि संस्थागत रूपमा देउसीभैलोलाई नेपाली समुदायबीच नवजीवन दिन र लोकप्रिय बनाउन तल्लीन परेको छ नेपाली ब्रिटिश कम्युनिटी युके ।

विगत वर्षझैँ यस वर्ष पनि दीपावली तथा तिहार पर्वको पावन अवसरमा नेपलीज व्रिटिश कम्यूनिटी यु.के. (NBC-UK) ले नेपाली शैली, परम्परा र संस्कृतिलाई अनुसरण गर्दै वेलायतबासी नेपालीहरूको घरआँगनमै गई देउसी-भैलो खेली आशीर्वाद र शुभकामना व्यक्त गर्ने कार्यक्रम बनाएको छ । नयाँ वर्षदेखि तीज र दशैजस्ता धेरै चाड़बाडलाई भव्य रूपमा मनाउँदै आएको एनबीसी युकेले तिहारमा खेलिने देउसीभैलोलाई पनि सिर्जनात्मक रूपमा मनाउने गरेको छ । लण्डनको उत्तर-पश्चिम क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको यो संस्था यस क्षेत्रकै ठूलो संस्था हो । संस्थाले ठूलो संख्याका नेपालीहरूलाई संगठित रूपमा सहयोग आदानप्रदान, सूचना तथा सरसल्लाह एवं आफ्नो राष्ट्रिय संस्कृतिको सम्बर्धनमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएको छ ।

विगत केही बर्षदेखि विदेशी भूमिमा पनि आफ्नो धर्म, संस्कृति, परम्परा र रितीरिवाजको संरक्षण र विकास गर्न खेलिँदै आएको देउसी-भैलो यस वर्ष अझ भव्य र व्यापक रूपमा खेल्ने कार्यक्रम तय भएको संस्थाका सचिब मिलन घिमिरेले बताए । देउसीभैलोबाट प्राप्त हुने रकमबाट सामाजिक संस्था लक्ष्मी प्रतिष्ठानलाई सहयोग गर्ने निर्णय भएको आयोजक समिति सदस्य चुरामणि रेग्मीले बताए ।

संस्थाले कमलराज खनालको संयोजकत्वमा मिलन घिमिरे, राजेन्द्र ओझा, समिरनाथ प्याकुरेल, लेखनाथ घिमिरे, वसन्त नेपाल, चुरामणि रेग्मी, सुमन गुरुङ, सुजाता काफ्ले, अन्जु सिग्देल, राजेन्द्र मानन्धर किरण अधिकारी भएको मूल तयारी समिति तथा लेखनाथ घिमिरेको संयोजकत्वमा सुमन गुरुङ, सुजाता काफ्ले, अन्जु सिग्देल र राजेन्द्र मानन्धर किरण अधिकारी भएको सांस्कृतिक समिति गठन गरेको छ भने कार्यक्रम सल्लाहकारमा कमल पौडेल तथा गंगाबहादुर रानालाई चयन गरिएको छ ।



बेलायतमा विभिन्न कार्यक्रम ,पेसाव्यवसाय , उद्योगलगाएत विविध व्यस्तताबाट बिदा मिलाई सामाजिक सेवाका लागि NBC द्वारा खेलीने देउसी-भैलो टोलीलाई यस समाजका समाजसेवी, व्यापारी, उद्योगपति र प्रबुद्ध व्यक्तित्वहरू कुल आचार्य, डा. श्याम चन्द, कृष्ण भट्ट, महन्त श्रेष्ठ, कृष्ण तिमल्सीना, राज कुमार त्रिपाठी, खेम पौडेल, उत्तम नेपाल, रबि लामिछाने, महेश कुमार दाहाल, बासु लामिछाने, गोबिन्द घिमिरे डेबिड गुरुङ , बिजन भट्ट , पिपला देवान , बि पि खनाल , शुरेन्द्र श्रेष्ठ डा. राजु श्रेष्ठ , पूर्ण लक्सम्बा , अनिल लामिछाने, मिन दर्लामी आदिले आ-आफ्नो घरमा देउसी खेल्न आमन्त्रण गरिसकेका छन् भने यसरी देउसी भैलो टोलीलाई समाजका अन्य विभिन्न व्यक्तिहरू बाट पनि आमन्त्रण गर्ने क्रम जारी छ ।

परोपकार तथा संस्कृति संरक्षणको पवित्र उद्देश्यले खेलिन लागेको यो देउसीभैलो टोलीलाई आफ्नो घरआँगनमा स्वागत गर्न चाहने व्यक्तिहरूलाई संस्थाले निम्न संपर्क नम्बरमा संपर्क गरी जानकारी गराउन सार्वजनिक आग्रह गरेको छ ।


कमल राज खनाल

‎07791 545330

मिलन घिमिरे 
‎
07450943094