१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी सरुवा

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७६, मंगलवार ०३:३५

काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो ।

त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो ।

स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डीआईजी नीरज शाहीले अनौपचारिक अनुरोध गरेका थिए । ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन् ।

सरुवाको अधिकार महानिरीक्षकमा निहित भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुने गरी भएको सरुवालाई अर्थपूर्ण रूपमा हेर्नेुपर्ने एक उच्च प्रहरी अधिकारीले कान्तिपुरलाई बताए । तीन महिने समयसीमा दिएर ब्युरोलाई अनुसन्धान गर्ने जिम्मेवारी दिए पनि एक महिनाभन्दा बढी बाँकी छ । कान्तिपुर दैनिकमा खबर छ ।