१५ बैशाख २०८१, शनिबार
Follow Us

एभिन्यूज टेलिभिजनको ब्युरो कार्यालयमा तोडफोड

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७६, मंगलवार ०८:४७

वीरगन्ज । एभिन्युज टेलिभिजनका वीरगन्जस्थित ब्युरो कार्यालयमा तोडफोड भएको छ । एभिन्यूजको कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले तोडफोड गरेको आरोप टेलिभिजनले लगाएको छ । एभिन्यूजको ‘सकस राजनीति’ नामक कार्यक्रम प्रस्तोता सुशील पाण्डेले समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग अन्तर्वार्ता गरेका थिए । सो अन्तर्वार्ताका क्रममा बीचमै उपेन्द्र यादव माइक फालेर बाहिरिएका थिए । सो भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कार्र्यक्रम प्रस्तोता पाण्डे र यादवबीच अन्तर्वार्ताकैं क्रममा भनाभन भएपछि यादव कार्यक्रम छाडेर बाहिरिएका थिए ।
यो घटनालाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु आइरहेका छन् । यसैक्रममा सोमबार दिउँसो वीरगञ्जस्थित एभिन्युज टेलिभिजनको व्युरो कार्यालयमा तोडफोड भएको छ । एभिन्यूजले समाजवादी पार्टीका कार्यकर्ताले कार्यालय तोडफोड गरेको आरोप लगाएको छ ।