७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने पक्राउ

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७६, मंगलवार ०८:५१

झापा ।
मेचीनगर नगरपालिकापा- १३ पूर्बपश्चिम राजमार्गस्थित चारआली चौकबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने अर्जुनधारा नगरपालिकापा २ बस्ने ४२ वर्षीय राम कुमार लिम्बुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले न ३ ख ५७९६ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक लिम्बुले आफ्नो साथमा सवारी चालक अनुमतीपत्र नभएको कारण नगद १ सय रुपैयाँ दिन खोजेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।