१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायती प्रधानमन्त्री मे र क्षेत्रीय नेताहरूबीच ब्रेक्जिटबारे छलफल हुने

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७३, सोमबार ०६:२८

लन्डन । बेलायतकी प्रधानमन्त्री थेरेसा मे र क्षेत्रीय नेताहरूबीच ब्रेक्जिटबारे सोमबार छलफल हुने भएको छ । मेले जनमतसङ्ग्रहले बेलायतलाई युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी दिएको जनादेशअनुसार आगामी दिनका लागि रणनीति तयार पार्ने अभिप्रायका साथ सल्लाह र छलफलका लागि मुलुकका क्षेत्रीय नेताहरुलाई डाउनिङ स्ट्रिटमा बोलाउनुभएको हो ।
छलफल विशेषत स्कटल्यान्ड, वेल्स तथा उत्तरी आयरल्यान्डसँगको सम्बन्धलाई मजबुत पार्ने र आगामी दिनमा ईयूसँगको छलफलमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा केन्द्रित हुने बताइएको छ । सोमबार हुने यो बैठक प्रधानमन्त्री मेको नेतृत्वमा बेलायत आएपछि हुन लागेको प्रथम बसाई हुनेछ ।
बैठकले बेलायतको ईयूबाट बहिर्गमन गर्ने निर्णयपछि आगामी दिनमा बेलायतलाई कसरी जीवन्त बनाइराख्ने भन्ने चूनौतीलाई छलफलमा ल्याउने छ ।