१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सेफ एसोसिएयन युकेको च्यारिटी भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७६, मंगलवार ०९:१०


फोटो- नरेन्द्र बस्नेत

लन्डन । धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा सोमबार मिडल्याण्डमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा। दुर्गा बहादुर सुवेदी रहेका थिए ।
संस्थाका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक कृष्ण ढकालले स्वागत मन्तव्य दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्षत्रय पुनम गुरुङ, शेरबहादुर सुनार र प्रेमगाहामगर, सेफ एसोसिएसन यूके संस्थापक अध्यक्ष कृष्ण तिमल्सिना, गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडा, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी, मनकामना महिला समूहकी उपाध्यक्ष देवी सापकोटा, गल्कोट नेपाली समाज यूके अध्यक्ष राजु कंडेल, सिर्जनशील समाजकी कोपिला अधिकारी, शान्ति नेपाली समाज यूके अध्यक्ष लिला बहादुर थापा, हाम्रो नेपाली समाज अध्यक्ष शिव खरेल, नटिंगहम नेपाली समाज अध्यक्ष गोविन्द खरेल लगायतले कार्यक्रमका सफलताका लागि शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा वेलायतका बिभिन्न शहरबाट आएक करिब ४ सय जना नेपालीहरुले सहभागीहरुको सहभागिता थियो । मिडल्याण्डको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङमा आयोजित कार्यक्रममा वेलायतस्थित नेपाली सेफहरु, संघसँस्थाका प्रतिनिधीहरु, व्यवसायीहरु, पत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो ।