७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय आविस्कार केन्द्रका लागि हङकङमा रु ४० लाख सङ्कलन

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७३, सोमबार ०६:३०

बेनी । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका करिब रु ४० लाख सहयोग सङ्कलन गरेको छ ।

मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा तिहारको भेटघाट कार्यक्रममा सहभागीले सो रकम राष्ट्रिय आविस्कार केन्द्रका लागि सहयोग गरेका हुन् ।

अहिलेसम्म आफ्नो क्षेत्र, जिल्ला र जातिका लागि सेवा गरिएको तर अब महावीरले चालेको राष्ट्र निर्माणलाई सहयोग गर्ने भन्दै हङकङवासी नेपालीले मुठी खोलेर आर्थिक सहयोग गरेको मोनाका संयोजक सेर्बुजाले जानकारी दिनुभयो ।

ज्यानको प्रवाह नगरी बालिकाको उद्धार

मानिसलाई सबैभन्दा बढी मायाँ आफ्नै ज्यानको लाग्छ । शरीरको कुनै भागमा सानो चोट लाग्यो भने पनि तत्कालै उपचारको माध्यम खोज्ने गरिन्छ ।

अझै पछिल्लो समय मानिसमा मानवता घट्दै गइरहेको छ । तर, म्याग्दीमा आइतबार एक युवाले आफ्नो ज्यान जोखिममा पारेर कालीगण्डकी नदीबाट एक बालिकालाई उद्धार गरेका छन् । कालीगण्डकी नदी आसपासका क्षेत्रमा साथीसँगै खेल्न गएकी बेनी नगरपालिका–७ का सोवन श्रेष्ठकी ८ वर्षीया छोरी सम्पदा श्रेष्ठलाई कालीगण्डकी नदीले बगाएपछि पर्वत बेनीका १७ वर्षीय अर्जुन परियारले ज्यानको बाजी लगाएर श्रेष्ठको उद्धार गरेका हुन् ।

श्रेष्ठ समिल एन्ड फर्निचर उद्योग नजिक साथीसँग खेलिरहेको अवस्थामा बालिकालाई बगाएको देखेपछि खोलामा हाम फालेका पर्वत मल्लाज–३ का २३ वर्षीय जल्फकार मियाँ र परियारले बालिकालाई उद्धार गरेका थिए । प्रहरीका अनुसार मियाँलाई चोट लागेपछि परियार खोलामा पुगेका थिए । खोलामा बगाइरहेको अवस्थामा देखेका प्रत्यक्षदर्शीका अनुसार परियारको अन्तिम प्रयासमा बालिकाको ज्यान जोगिएको थियो । “परियार हाम्रो लागि भगवान्का रुपमा प्रकट भए । उनलाई जति धन्यवाद दिएर पनि पुग्दैन” उद्धार गरिएकी बालिकाका हजुरबुबा अनोद श्रेष्ठले भन्नुभयो ।
कालीगण्डकीबाट उद्धार गरिएकी बालिकाका परिवारले उद्धारमा संलग्न परियारलाई घरमै लगेर सम्मान गरेका छन् । सम्मानको क्रममा छिमेकी र आफन्तले समेत परियारलाई धन्यवाद दिएका थिए ।