६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूके महासचिवमा फडिन्द्र भट्टराईको उम्मेदवारी घोषणा

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७६, मंगलवार १३:०६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आउँदो सेप्टेम्बरमा हुने निर्वाचनका लागि फडिन्द्र भट्टराईले महासचिव पदको उम्मेदवारी घोषणा गरेका छन् ।
सोमबार साँझ मिडल्याण्डको बर्मिङहममा नेप्लिज सेफ एशोसिएसन यूकेद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भट्टराईले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

विगत लामो समयदेखि एनआरएन अभियानमा सक्रिय रहंदै आएका भट्टराईएनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको भाषा तथा साहित्य र मिडिया विभागमा सदस्य छन् । यसअघि एनआरएनए यूकेको छैंठौं कार्यसमितिमा सचिवको जिम्मेवारी सम्हालेका उनले पाँचौं कार्यसमितिमा कार्यसमिति सदस्यका रुपमा समेत काम गरेका थिए ।
सेतोपाटी अनलाइनका युरोप संयोजकका रुपमा कार्यरत उनी बेलायतको नेपाली समुदायमा एक पत्रकार, कवि तथा साहित्यकारका रुपमा समेत परिचित छन् ।

उम्मेदवारी घोषणा गर्दै भट्टराईले आफ्ना चुनावी एजेण्डा र प्रतिबद्धताहरु औपचारिक छिट्टै सार्वजनिक गर्ने जनाएका छन् ।
त्यसअवसरमा उनले मिडल्याण्डवासी नेपालीहरुलाई गैरआवासीय नेपाली संघको सदस्यता लिन आव्हान समेत गरेका थिए ।
दशौं लाख प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने एक मात्र नेपाली संस्थाका रुपमा गैरआवासीय नेपाली संघसंगको आबद्धता महत्वपुर्ण रहने उनको भनाइ थियो ।
गैरआवासीय नेपाली संघको विगतको समिक्षा गर्दै प्रवासमा क्रियाशिल विभिन्न पेशा, वर्ग र सुमदायका संघसंस्थाको समन्वय र सहकार्यलाई भावी दिनमा थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता उनले औंल्याएका थिए ।