४ बैशाख २०८१, मंगलवार
Follow Us

एन्फाको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७३, सोमबार ०६:३५

काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । आज हुने एन्फाको साधारणसभाले एकवर्षका लागि अध्यक्ष र उपाध्यक्ष चयन गर्न लागेको हो । तत्कालिन अध्यक्ष गणेश थापालाई फिफाले भ्रष्टाचारी ठहर गर्दै निलम्बन गरेको र उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको मृत्यु भएका कारण दुई पदमा एक बर्षका लागि चुनाव हुन लागेको हो । अध्यक्षका लागि एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मािछरिङ्ग शेर्पा प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा श्रेष्ठ पक्षबाट मणी कुँवर र कर्मा पक्षबाट दीपक खाती चुनावी मैदानमा छन् । उपाध्यक्षमै स्वतन्त्र रुपमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका उपेन्द्रमान सिंहले पनि उम्मेदवारी दिएका छन् । श्रेष्ठ पक्षलाई एन्फाका पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ भने कर्माछरिङ राजनीतिक रुपमा नेपाली कांग्रेस निकट हुन् । ४५ जिल्लामध्ये झापा बाहेकका ४४ जिल्ला फुटबल संघ, १२ वटा ए डिभिजन क्लबबाट एक एक जना, बी डिभिजनका क्लवबाट ४ जना, सी डिभिजनबाट तीन जना, महिला फुटबल संघ, रेफ्रि संघ, प्रशिक्षक संघ र खेलाडी संघबाट एकएकजना गरी ६७ जना प्रतिनिधिले मतदान गर्न पाउने एन्फाले जनाएको छ ।