११ बैशाख २०८१, मंगलवार
Follow Us

काठमाडौंका अस्पतालमा रगतको अभाब

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७३, सोमबार ०६:४२

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा रगत अभाब भएको छ । तीनदेखि पैंतीस दिनसम्म मात्रै सञ्चित गर्न सकिने र चाडपर्वका बेला दाता घट्दा अभाव बढेको भन्दै रक्त सञ्चार केन्द्रले दैनिक चारसय पच्चीस युनिट माग रहे पनि दुईसय मात्रै संकलन भइरहेको जनाएको हो । रक्त सञ्चार केन्द्रसँग अहिले सात सय यूनिट मात्रै मौज्दात छ । अस्पतालहरु आफैंले संकलनमा प्रोत्साहित नगर्ने, माग्न मात्रै पठाउने गरेका कारण पनि समस्या बल्झिरहेको केन्द्रको भनाइ छ । केन्द्र पुगेका विरामीका आफन्त भने रगत पाउन आफैंले रक्तदाता खोज्नुपर्ने बाध्यता रहेको गुनासो गर्छन् ।
केन्द्रले रगत अभाव पूर्तिका लागि रक्तदाता शिक्षा र रक्तदानलाई अभियानकै रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिएको छ । उसले रक्तदानमा उत्साहित हुन र प्रोत्साहित गर्न पनि आह्वान गरेको छ ।