१२ बैशाख २०८१, बुधबार
Follow Us

कामीरिताले बनाए ‘नयाँ रेकर्ड’

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७६, बुधबार ०९:२४

काठमाडौं – कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका छन्। बुधबार बिहान ७ बजेर ५० मिनेटमा २३ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्। उनको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन्।

सोलुखुम्बुको थामे गाउँमा जन्मेका उनले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। उनीसँगै निमा ओङ्दी शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्।