१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनलाई नेपालमा लगानी गर्न सहज, सरकारले ल्यायो एकल बिन्दु सेवा

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७६, बुधबार ०९:४२

काठमाडौं– लामो समयदेखि एनआरएन नेपालीले उठाउँदै आएको लगानीको सहज वातावरणको माग सरकारले सम्बोधन गरेको छ ।

एनआरएनसहित विदेशी तथा स्वदेशी लगानीकर्ताले लगानीको क्रममा अनपानुपर्ने विभिन्न कानुनी प्रक्रिया पूरा गर्ने क्रममा विभिन्न निकायको ढोका चाहनुपर्ने तर काम समयमै नहुने गरेको गुनासो गर्दै आएको थिए ।

यही अवस्थामा लगानीकर्ताले लगानीको सहज वातावरण बनाउन एकल विन्दु सेवाको माग गर्दै आएकोमा बल्ल उनीहरुको माग सम्बोधन भएको छ ।
सो सेवाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले बुधबार गरेका छन् । सोसँगै अब एकैठाउँबाट लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नेछन् ।

मन्त्री यादवले एकल विन्दुसेवाको शुरुसँगै एउटा उद्योग दर्ता गर्दा लगानीकर्ताले पाउनुपर्ने सास्तीको अन्त्य भएको बताए ।
मन्त्री यादवले भने, ‘पहिला सरकार लगानी गर्न बोलाउँथ्यो तर ढोका थुनेर बस्थ्यो र लगानीकर्ताहरु झ्यालबाट छिर्नुपथ्र्यो । झ्यालबाट छिर्नेलाई चोरको जस्तो व्यवहार हुन्थ्यो तर अब ढोका खुलेको छ । पूर्णरुपमा भने खुल्न बाँकी नै छ किनकी यहाँ अलिअलि खिया छ । त्यसलाई हटाएर सेवामा सहज बनाउँछौ ।’
कर्मचारीहरु सेवाग्राही आउँदा शिकार आएजस्तो गर्ने र कागजपत्र बोकाएर घुमाएको घुमाएकै गर्ने गरेको भन्दै मन्त्री यादवले अब शासक होइन सेवक बन्नुपर्ने उल्लेख गरे ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममा एकल विन्दु सेवा जेठ एक गतेबाटै सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सोही अनुसार ८ निकायको सेवा एकैठाउँबाट सुरु गरिएको हो ।