१५ चैत्र २०८०, बिहीबार
Follow Us

लोकमानमाथि लगाइएको महाअभियोग प्रस्तावमा निर्णय गर्दै

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७३, सोमबार ०६:४८

काठमाडौं । लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव लगायतका विषयमा आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ । गत बिहीबार सुरु भइ दुई दिन स्थगित भएको बैठक आज बसेको हो । संबिधान संसोधन, स्थानीय निकाय पुनसंरचना तथा पार्टी संगठनका गतिबिधी बिषयमा छलफल गर्न बोलाइएको बैठकमा बुधवार दर्ता भएको महाअभियोगको बिषयले प्रवेश पाएपछि बिषयान्तर भएको छ।
माओवादी केन्द्र र एमालेका एकसय सन्ताउन्न साँसदले सदनमा दर्ता गराएको प्रस्तावमा काँग्रेसको आधिकारिक धारणाको प्रतिक्षा भइरहेका बेला भोलीबाट संसदमा अभियोगमाथि छलफल हुँदैछ । यसअघि जारी बैठकमा बोल्ने नेताहरुमध्ये कतिपयले अहिलेको सत्ता गठवन्धन टुटाउने नियतले महाभियोगको प्रस्ताव अघि बढेको आरोप लगाएका थिए । फरक मत राख्नेहरुले महाभियोगमा समर्थन नगरे कांग्रेसप्रति जनआस्था घट्ने र त्यसले आगामी दिनमा सहमतिको राजनीति समेत भत्काउने भन्दै चिन्ता जनाएका छन् ।
केही केन्द्रीय सदस्यले भने हाल कार्यसम्पादन गर्न नपाउने स्थितिमा रहेका अख्तियार प्रमुखको योग्यतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले महाभियोग प्रस्ताव न्यायालयको क्षेत्राधिकारमाथिको हस्तक्षेप हुनसक्ने बताएका छन् ।