१३ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडाैंमा २० वर्षीया युवतीमाथि एसिड प्रहार

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७६, बुधबार १६:५४

काठमाडौं– अज्ञात व्यक्तिले काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार गरेका छन् । २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड कालोपुलमा एसिड छ्यापरे भागेको प्रहरीले बताएको छ ।
एसिड लागेर युवती चिच्याउन थालेपछि वरीपरिका स्थानीयले उद्दार गरेर अस्पताल पठाएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले युवतीको ओम अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै एसिड प्रहार गर्नेको खोजीकार्य भइरहेको जानकारी दिए ।
उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ ।