१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बूढानीलकण्ठ स्कुलको जग्गामा आँखा

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७६, बिहीबार ०३:२२

काठमाडौँ — सरकारले बूढानीलकण्ठ स्कुलको जग्गा ‘उपयोग गर्ने’ भएको छ । नेपाल सरकार र बेलायत सरकारबीचको सहमतिपछि सन् १९६४ सालमा स्थापित बूढानीलकण्ठ स्कुलको जग्गा ५ सय ७० रोपनी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २४ गते सरकारको नीति तथा कार्यक्रममाथि उठेका सवालको जवाफ दिने क्रममा बूढानीलकण्ठ स्कुलको नाम नलिई ‘५ सय ७० रोपनी जग्गा अब उपयोग गरिने’ भनेका थिए ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ मा रहेको स्कुल शैक्षिक गुठीअन्तर्गत सञ्चालित छ । यो स्कुलले सबै जिल्लाबाट गरिब अभिभावकका जेहेन्दार छोराछोरीलाई प्रतिस्पर्धा आधारमा छनोट गरी कक्षा ५ देखि १० सम्म पूर्ण रूपमा नि:शुल्क अध्यापन गराउँदै आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।