६ बैशाख २०८१, बिहीबार
Follow Us

रुपन्देहीमा गोली चल्यो एक भारतिय नागरिक घाईते

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७६, बिहीबार १४:५२

नेपाल भारत सिमानाका पर्ने रुपन्देहीको शंकरपुर नाकामा आज गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको प्रहरीको दावी छ ।
हतियार कारोबारी आएको सुचनाको आधारमा प्रहरीको व्यारो टोली शंकरपुरमा पुगेको थियो । जहाँ हतियार ल्याएका भारतिय गुहार गुहार भन्दै चिच्काएपछि भारतीय टोली नै आएर नेपाल प्रहरीमाथी नै आक्रमण गरेको थियो।
जवाफी कारवाहीमा प्रहरीले गोली चालएको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले बताए ।
घटनामा नेपाल प्रहरीका ३ जना घाईते भएका छन् । नेपाल प्रहरीले उनिहरुले भाटै भाटाले हानेका एक प्रहरी अधिकृत रातोपाटीलाई बताए ।
प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन्। प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति भारतीय नागरिक हुन्। पक्राउ भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबी हुन्। प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ। भोलि लुम्बिनीमा प्रधानमन्त्री आउने तयारी भईरहेका बेला प्रहरी सुरक्षा कडा पारेको छ ।