१३ बैशाख २०८१, बिहीबार
Follow Us

आठ हजार यूरोसहित बेल्जियमका रामचन्द्र सुवेदी काठमाण्डौंमा पक्राउ

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७६, बिहीबार १५:४०

लण्डन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर जान लागेका एक व्यक्ति विहीवार आठ हजार यूरोसहित पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–५ बस्ने नेपालीमूलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई लुकाइछिपाइ लैजान लागेको यूरोसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान क्षेकमा शरीर खानतलासी गर्ने त्रममा उक्त युरो फेला पारी पक्राउ गरिएको हो । घटनाको विषयमा आवश्यक अनुसन्धानका लागि उक्त रकमसहित उनलाई आजै राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।