१३ बैशाख २०८१, बिहीबार
Follow Us

त्रिवि सेवा आयोगमा अख्तियार पसेपछि हंगामा

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७६, बिहीबार १८:१७

काठमाडौं– त्रिवि शिक्षा आयोगले शाखा अधिकृत पदको अन्तर्वार्ता कार्यक्रम स्थगित भएको जनाएको छ । आयोगले लिएको परीक्षामा अनियमितता भएको पर्दाफास भएपछि अख्तियारले छानबिन थालेसँगै परीक्षा स्थगित भएको हो ।
आयोगका प्रमुख परशुराम कोइरालाले बिहीबार एक सूचना जारी गर्दै अन्तर्वार्ता कार्यक्रम विशेष कारणबस स्थगित भएको जनाएका छन् ।
अन्य पदहरुको अन्तर्वार्ता भने तोकिएको मिति र समयअनुसार नै सञ्चालन हुने सूचनामा जनाइएको छ ।
आयोगले लिएको लिखित पर त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठन र नेताका नातेदारहरूको नाम निस्किएको खुलासा भएको थियो ।
सो बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले आवश्यक फाइलहरु जफत गरेर छानबिन थालेको छ ।